पिसाब पोल्ने समस्याको घरेलु समाधान
Wednesday, June 17th, 2020, 5:11 pm
काठमान्डौ, ३ असार। शरीरमा पानीको कमीका कारण देखिने पहिलो लक्षण भनेको पिसाबको रंग गाढा पहेलो हुने, पिसाब कम लाग्ने तथा पिसाब पोल्नु हो । शरीरमा लामो समयसम्म पानीको कमि भएमा पत्थरी, डिहाईड्रेसन निम्त्याउन सक्छ । कुनै कडा औषधिको प्रयोगले हुने साइड इफेक्टका कारण पनि पिसाव पोल्ने गर्छ ।
गर्भवति भएको महिलाहरूलाई पनि पिसाब पोल्ने समस्याले निकै सताउछ । पिसाव पोलेको रोकथामका लागि सब भन्दा पहिले दैनिक पिउने पानीको मात्रा बढाउनु नै हो । खानेकुरामा पनि ठोस पदार्थ भन्दा तरल पदार्थको मात्रा बढाउनु पर्छ । दैनिक खाने खानामा विभिन्न पोषण युक्त फलफुल, सागसब्जी अनिवार्य रुपले समावेश गर्नुपर्छ ।
फलफुलमा पर्याप्त मात्रामा पानी पाइने जस्तै खर्बुजा, काक्रा, अनार, आलुवखरा, अंगुर, पाकेको आँपको सेवन गर्नाले पनि पिसाव पोल्ने समस्या कम हुदै जान्छ । आँपले धेरै गर्मी गराउने हुदा यो संग संगै प्रसस्त मात्रामा पानी पिउनु जरुरि हुन्छ । हरेक दिन साँझ र बिहान नरिवलको पानीको सेवनले पनिविभिन्न पिसाब सम्वन्धि रोग निको पार्न सक्छ ।
त्रिफला चुर्ण अर्थात् हर्रो बर्रो र अमलाको चूर्णंलाई एक गिलास पानीमा बेलुका भिजाइ हरेक दिन बिहान सेवन गर्नाले पिसाव पोल्ने समस्या कम हुनुका साथै पेट सम्बन्धि धेरै रोग पनि निको हुदै जान्छ । १ गिलास गाजरको रस साँझ बिहान पिउने गर्नाले पिसाव पोल्ने समस्या कम हुन्छ । सुरुमा गरेका घरेलु उपायहरूले नियन्त्रण गर्न खोज्दा पनि समस्याबाट छुटकारा पाउन नसकेमा डाक्टरको सल्लाह लिन जरुरि हुन्छ ।