सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीसँग रकम असुल गर्ने एकजना पक्राउ
Wednesday, June 17th, 2020, 4:51 pm
सुनसरी, असार ३ । सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीसँग रकम असुल गर्ने एकजना पक्राउ परेका छन् ।
अबैध रूपमा ब्यापारीहरूसँग रकम असुली गर्ने हरिनगर गाउँपालिका–५ का २३ वर्षीय असरार अहमद मियालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।
हरिनगर गाउँपालिका–२ मा रहेका केही ब्यापारीहरूलाई विभिन्न डर त्रास देखाई गैह्र कानूनी रूपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसँगै मंगलबार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियालाई पक्राउ गरेको हो ।
यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरूसँग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।