कोरोना भाइरसबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २० पुग्यो
Wednesday, June 17th, 2020, 4:47 pm
काठमान्डौ, ३ जेठ । कोरोना भैरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिगिङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका हुन।
ती महिलाको सोमबार राति कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनुभन्दा करिब २ घण्टाअघि लिइएको स्वाब परीक्षणको रिपोर्ट मंगलबार बेलुका पोजिटिभ आएको उनले बताए।
मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला रहेकी छिन।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।