प्रदेश १ मा ४ सय १६ जनालाई कोरोना संक्रमण
Wednesday, June 17th, 2020, 3:25 pm
विराटनगर, ३ असार । प्रदेश नम्बर १ मा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या ४ सय १६ पुगेको छ ।
बुधबार थप १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश एकको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टायता तीन जिल्लामा १४ जनामा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।
उनका अनुसार बुधबार मोरङको रतुवामाईमा ९ जना, झापाको झापा गाउँपालिकामा १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।