आइसोलेसनमा बसेका दुईजनामा कोरोना भेटिएपछि मेची अस्पतालका २५ जना होम क्वारेन्टाइनमा
Wednesday, June 17th, 2020, 3:22 pm
झापा, ३ असार । भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसन वार्डमा राखिएका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका डाक्टर, नर्स, कर्मचारीलगायत २५ जना होम क्वारेनटनमा बसेका छन् ।
अस्पतालको आइसोलेसनमा बसेका भद्रपुर–८ का ३१ वर्षीय पुरुष र कचनकवल गाउँपालिका–५ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भद्रपुरका कोरोना संक्रमति जेठ ३१ गते र कचनकवलका कोरोना संक्रमित जेठ २९ गते आएका थिए ।
जेठ ३२ गते पीसीआर टेस्ट गरिएका कचनकवलका पुरुषको मंगलवार रिपोर्ट पोजेटिभ आएको हो भने भद्रपुरका पुरुषको सोमबार नै पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।
अस्पतालको आइसोलेसन र आइसियुमा उपचार गराइरहेका उनीहरूलाई कोरोना संक्रमण भेटिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका त्यहाँका डाक्टर, नर्स, कर्मचारीसहित २५ जनालाई होम क्वारेनटिनमा बस्न पठाइएको फोकल पर्सन चौलागाईंले जानकारी दिए ।
संक्रमित दुवै जनालाई बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल पठाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या १ सय ७८ पुगेको छ ।
अस्पतालमै कोरोना संक्रमित भेटिएको र चिकित्सक नर्स ओम क्वोरेन्टिइनमा बसेपछि अस्पतालको सेवा प्रभावित बनेको स्थानीयले बताएका छन् ।