नेपालीलाई स्वदेश फर्काउन आज चार उडान हुँदै
Wednesday, June 17th, 2020, 12:49 pm
काठमाडौं,असार ३ । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि आज विभिन्न चार गन्तव्यबाट उडान हुने भएका छन्।
कोभिड १९ व्यवस्थापन केन्द्रका अनुसार दुई नेपाली र एक विदेशी एयरलाइन्सले चार उडान गर्ने छन्। केन्द्रका अनुसार आज हिमालय एयरलाइन्सले बांगलादेशबाट १ सय ५४ जना नेपाली ल्याउने छ। त्यस्तै हिमालयले नै सिंगापुरबाट १ सय ४७ जना ल्याउने तालिका रहेको छ।त्यस्तै कुवेतमा रहेका नेपालीलाई ल्याएर जिरा एयरलाइन्स दिउसो साढे ३ मा काठमाडौं पुग्ने तालिका छ। नेपाल एयरलाइन्सले पनि आज थाइल्यान्डको बैंककबाट नेपाली ल्याएर फर्किने छ।