‘विदेशबाट निःशुल्क नेपालीको उद्धार गरियोस्’
Wednesday, June 17th, 2020, 12:56 pm
काठमाडौं, ३ असार । राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरूले विदेशमा रहेका नेपालीहरूको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद राम नारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरू महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाएपनि रोग र भोकले ग्रस्ता भएकोले उद्धार गर्न नसकेको उनले बताए । उनले भने, ‘राम्रा राम्रा र बलिया बलिया युवाहरू रोजगारीका लागि विदेशमा छन् । उनीहरू अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन् अभाव छ । भाडा तिर्ने पैसा छैन शरीरपनि जिर्ण भएको छ । नेपालमा काम नदिएको कारणले धकेलीधकेली यसपालि विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तीनि हरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी ।’’