बायर्नलाई लगातार आठौंपटक बुन्डेसलिगाको उपाधि
Wednesday, June 17th, 2020, 10:47 am
काठमाडौं, ३ असार । बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन बुन्डेलिगाको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा वेर्डरविरुद्ध कठिन जित निकालेसँगै बायर्नले दुई खेलअघि नै बुन्डेसलिगाको उपाधि जितेको हो ।
बायर्नले वेर्डरलाई उसैको मैदानमा १–० गोलले हराएको थियो । बायर्नलाई जिताउन रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । उनले खेलको ४३औं मिनेटमा गोल गर्दै बायर्नलाई लगातार आठौं पटक लिगको उपाधि दिलाए ।
लिगमा ७६ अंकसहित शीर्ष स्थानमा रहँदै बायर्नले उपाधि जित्यो । यता, पराजित वेर्डर भने २८ अंकका साथ रेलिगेशन जोनमा रहेको छ ।