असार ७ गते अहिलेसम्मकै दुर्लभ सूर्यग्रहण लाग्दै, यी ८ राशीले बेवास्ता गरे अनिष्ट हुन्छ
Wednesday, June 17th, 2020, 10:25 am
काठमाडौं, ३ असार । आगामी असार ७ गते दुर्लभ दिन हुँदैछ । उक्त दिन अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । २०७७ साल असार ७ गते आइतबारको सूर्य ग्रहण नै अहिलेसम्मकै सबैभन्दा लामो हुनेछ । खण्डग्रास सूर्यग्रहण भनेर यसको नामाकरण गरिएको छ ।
बिहान १० बजेर ५३ मिनेटमा प्रारम्भ हुने यो ग्रहण १२ बजेर ४० मिनेट मध्य अवस्थामा आउँछ र २ बजेर २४ भन्दा पछाडीको समयमा यो सकिने छ यो ग्रहणको अवधि ३ घण्टा ३१ मिनेटको हुनेछ । खण्डग्रास सूर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ ।
मिथुन राशीमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्याउनु पर्दछ ।
मृगशीरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशीमा फरक फरक असर पार्नेछ । वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन ।