डाक्टरले कोरोनाबाट बच्न ब्लिच खान सल्लाह दिएपछि
Tuesday, June 16th, 2020, 5:22 pm
कोरोना भाइरसबाट बच्नका लागि एक डाक्टरले ब्लिच खान सल्लाह दिएका थिए ।
पेरुका एक डाक्टरले मानिसहरूलाई क्लोरिन डायअक्साइड नामक ब्लिच जस्तो पदार्थ खाने सल्लाह दिएपछि उनलाई उनको पदबाट बर्खास्त गरिएको छ । डाक्टर अमिलकार वांकावारीले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरूलाई केमिकल दिनुपर्ने बताएका थिए । डाक्टर अमिलकार वांकावारी कोरोना भाइरस महामारीसँग जुध्नका लागि बनेको दक्षिणी प्रान्त आयाइचोको रेस्पोन्स टिमका प्रमुख डाक्टर हुन् ।
कोभिड–१९ का बिरामीमा क्लोरिन डायअक्साइडको परीक्षण गरिएको र र उनीहरूको स्वास्थ्यमा सुधार देखिएको उनले पत्रकार सम्मलेनमा दाबी गरेका थिए । यो खबर सुन्ना साथ आयाइचोका गभर्नर कार्लोस रुआकोले उनको बयानपछि अर्को पत्रकार सम्मेलन गर्दै डाक्टर अमिलकार वांकावारीले भनेका कुराहरूलाई मध्यनजर गर्दै त्यसको केहि घण्टापछि गभर्नर रुआले वांकावारीलाई उनको पदबाट बर्खास्त गरेको घोषणा गरे ।