स्वास्थ्यकर्मीलाई मानसिक रुपमा स्वास्थ्य राख्न खटाइएको ‘थेरपी डग’
Tuesday, June 16th, 2020, 5:15 pm
काठमाडौं, २ असार । विश्वभर कोरोना भाइरसको सङ्घर्षमा स्वास्थ्यकर्मीको उपचारमा पहिलो पटक एउटा कुकुर पनि खटिएको छ । मेक्सिकोमा हार्ली नामक पग जातिको कुकुर कोरोना भाइरसको सङ्घर्षमा नायक जस्तै भुमिका निभाउदै छ ।
‘थेरपी डग’ का रूपमा रहेर हार्लीले विशेष पहिरन लगाइ कोरोना भाइरससँगको सङ्घर्षमा खटिएका कर्मचारीहरूलाई मानसिक रूपमा स्वस्थ रहन सघाइरहेको छ । संक्रमणबाट जोगाउनका लागि हार्लीलाई पहिरनका साथै जुत्ता र चस्मा लगाइ दिने गरेको छ । हार्लीले मेक्सिको सिटीस्थित अस्पतालका कोभिड-१९ नियन्त्रणमा खटिएका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई दैनिक दुई घण्टा मनोरञ्जन गराउँने गर्छ ।
हार्लीलाई मनोपचारकका रुपमा परिक्षित गरिएको न्युरो मनोवैज्ञानिक डा. लुसिया लेडेस्माले बताएकी छिन् । कर्मचारीहरूको मानसिक स्वास्थ्यमा पारेको प्रभावमा हार्लीलाई ल्याउदा अद्भुत प्रक्रिया आएको हुदा हार्लीलाई स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई मनोरञ्जन गराउनका लागि अस्पतालमा दैनिक दुई घण्टा ल्याउने गरिन्छ ।