चनियाँ युद्धक विमानलाई आफ्नो हवाई क्षेत्रबाट हटाएको ताईवानको भनाई
Tuesday, June 16th, 2020, 5:08 pm
एजेन्सी, २ असार । बिना अनुमति चिनियाँ युद्धक विमान तेस्रोपटक ताईवान प्रवेश गरेपछि ताईवानले चिनियाँ युद्धक विमानलाई आफ्नो हवाई क्षेत्रबाट हटाएको छ ।
ताईवानको रक्षा मन्त्रालयले आफ्नो हवाई क्षेत्रमा बिना अनुमति प्रवेश गरेकोमा चिनियाँ युद्धक विमानहरुलाई चेतावनी दिएर हटाएको जानकारी दिए ।
न्यूज एजेन्सी रोयटर्सका अनुसार ताईवानको हवाई क्षेत्रमा चीनले एड्भान्स जेट सु–३० फाइटर विमानहरु उडाएका थिए ।
ताइवानलाई चिनले आफ्नो मुलूकको हिस्सा मान्दै आएको छ । यता ताईवान भने आफूलाई लोकतान्त्रिक मुलूक भएको बताउँटन् ।
ताइवानी राष्ट्रपति साइ इंग–वेनले चीनको एक देश दुई नीति आफ्नो देशमा नचल्ने चेतावनी समेत चिनलाई दिएकी थिइन् ।