प्रेमीसंग स्कुटरमा घुम्दै गरेको श्रद्धा कपूरको भिडियो भाइरल
Tuesday, June 16th, 2020, 5:05 pm
काठमाडौं, असार २ । भारतीय अभिनेत्री श्रद्धा कपुर लकडाउनको समयमा आफ्नो फोटोग्राफर प्रेमी रोहन श्रेष्ठ साथ घुम्न निस्किएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कोरोना संक्रमण रोक्नका लागी गरिएको लकडाउन केहि खुकुलो भएको बेलामा श्रद्धा र उनका प्रेमी रोहन स्कुटरमा घुमेको भिडियो सार्वजनिक भएसंगै भाइरल भएको हो ।
लकडाउन प्रतिबन्धहरू भर्खरै खुकुलो भएपछि श्रद्धालाई रोहन श्रेष्ठसँग बान्द्रामा स्कुटरमा घुमेको भेटिएको थियो । सामाजिक संजालमा भाइरल भएको उक्त भिडियोमा श्रद्धाले साधारण लुगा लगाएको र आफ्नो अनुहार मास्कले छोपेको देखिन्छिन् । उनीहरू स्कुटरमा घुम्दै गरेको भिडियोको कारण फेरी एक पटक उनीहरुको प्रेमको चर्चा चल्न सुरु भएको छ ।
भारतीय मिडिया केहि वर्ष अघि श्रद्धा नेपाली मुलुकको फोटोग्राफर प्रेमी रोहनसंग प्रेममा रहेको र उनीहरू छिट्टै विवाह गर्न लागेको खवर समेत सार्वजनिक भएको थियो । तर, हरेक पटक यस विषयमा कुरा निस्कदा श्रद्धाले आफु आफ्नो करियरमा फोकस गरिरहेको बताउदै आएकी छिन् ।