नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण
Tuesday, June 16th, 2020, 4:37 pm
काठमाडौं, असार २ । नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३८० जनामा संक्रमण देखिएको हो।
आज थपिएका ३८० सहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।
कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ