फ्रिजको चिसो पानी पिउदा पनि तौल बढ्ने
Tuesday, June 16th, 2020, 3:06 pm
काठमान्डौ २ असार। अहिले गर्मीको महिना छ । गर्मीको कारणले शरीरमा अत्यधिक पसिना आउने हुदा शरिरमा पानीको मात्रा धेरै चाहिन्छ । यस मौसममा शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत गर्छ । गर्मीमा मानिसहरू सादा पानी मात्र विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदानगर्ने खाने कुराहरू धेरै खाना रुचाउने गर्छन् ।
अत्याधिक गर्मि भएको अवस्थामा मानिसहरूई प्राय: फ्रिजको चिसो पानी पिउन रुचाउछन् । तर, फ्रिजको पानी पिउँदा हाम्रो शरीरलाई हानि पुग्न सक्छ भन्ने कुरा धेरैलाई थाहा हुदैन । धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीमा पर्ने जसकारण रुघा, खोकि तथा जोरो आउने सोचिन्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने पनि पाईन्छ ।
तर, फ्रिजको चिसो पानी पिउदा तौल पनि बढ्ने गर्छ । खाना खाने बित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो भएर रक्तसञ्चारमा असर गर्छ । खाना खाएको ठीक तरिकाले नपच्दा शरीरलाई आवश्यक पोषक तत्त्व पनि प्राप्त हुदैन जसकारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउछ । चिसो पानीले शरीरको सन्तुलित तापक्रममा समस्या पार्छ । धेरै चिसो पानीले हाम्रो शरीरलाई उत्तेजित गराएर मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउछ ।
साथै बजारमा पाइने कार्बोनेटेड पेय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ जसकारण पनि शरिरको तौल बढिरहेको हुन्छ । गर्मीको समयमा फ्रिजको पानीको सेवन भन्दा पनि सादा पानी, माटोको भाडामा राखेको पानी, दहिको लस्सिको सेवन गर्न सकिन्छ ।