नेपालीको उद्धारका लागि व्यवस्था गरिएको ६ वटा चार्टर्ड उडान रद्ध
Tuesday, June 16th, 2020, 2:59 pm
काठमाण्डौ, २ असार । नेपालीको उद्धारका लागि व्यवस्था गरीएको ६ वटा चार्टर्ड उडान रद्ध भएको छ ।
सम्बन्धित देशमा रहेका नेपाली दूतावासले प्राविधिक कारण देखाउँदै स्वदेश फिर्तीका लागि तय भएका उडानहरु रद्ध गरेका छन् ।
सरकारले खाडी, मलेसिया लगायत विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको उडान तालिका धमाधम रद्द हुन थालेका छन् ।
असार १ गते सािउदीको दमाम र माल्दिभ्सबाट हुने भनिएको हिमालय एअरलान्सको उडान रद्द भएको छ ।
सरकारले तय गरेको कार्यतालिका अनुसार आज साउदी, कतार, यूएई, माल्दिभ्सबाट नेपाली फर्कन पर्ने हो, तर यी देशबाट हुने उडानहरु त्यहाँ रहेका नेपाली दूतावासले रद्द गरिसकेका छन् । खाडीका देश र माल्दिभ्सबाट फर्कने ६ वडा उडान अहिलेसम्म रद्द भएका छन् ।
आज मंगलबार र पर्सि बिहीबारलाई यूएईबाट तय भएको उडान पनि रद्द भएको यूएईमा रहेका नेपाली दूतावासले जनाएको छ ।
आज कतारको हिमालय एअरलाइन्स र भोलि बुधबार हिमालय एअरलाइन्समार्फत हुने चार्टर्ड उडान पनि रद्द भएकोह हो ।
बहराइनमा रहेका नेपाली दूतावासका अनुसार त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको लागि तय भएको असार ३ गतेको उडान असार अ ७ गते मात्रै हुने भएको छ ।
साउदीको दमामबाट १८ जुन बिहीबार उडान हुने भनिएको छ ।
कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि असार २, गते, ५ गते, ७ गते र १० गते हुने तय भएको थियो । तर कुवेतमा रहेको नेपाली दूतावासले यो तालिका अनुसार उडान हुने नहुने भन्नेबारे कुनै जानकारी दिएको छैन ।