पन्जा लगाएर कोरोना संक्रमणको जोखिम कम हुदैन
Tuesday, June 16th, 2020, 2:43 pm
काठमान्डौ २ असार। कोरोना भाइरसबाट सुरक्षित रहनका लागि मानिसहरू सार्वजनिक स्थानहरूमा मास्क लगाउने, सामाजिक दुरी अपनाउने, पटक पटक हात धुने, सेनिटाईजरको प्रयोग गर्ने गरिरहेका छन् । कोभिड १९ को जोखिमलाई कम गर्नका लागि किराना पसल वा फार्मेसी जस्ता सार्वजनिक स्थानहरूमा जादा मानिसहरू पन्जा लगाएको देखिन्छन् । तर, पन्जा नलगाउदा पनि संक्रमणको खतरा पन्जा लगाउँदा जतिकै हुन्छ ।
पन्जा लगाउदा संक्रमणको जोखिम कम गर्दैन । पन्जा लगाएर कुनै दूषित सतहलाई छुदा भाइरस पन्जामा सर्छ र औंलाहरूमा टाँसिन सक्ने हुदा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसी)ले समेत कुनै खास परिस्थिति बाहेक पन्जा लगाउन सिफारिस गरेका छैनन् । पन्जाले सुरक्षाको गलत अर्थ दिने हुदा व्यक्तिले आफ्नो अनुहार र मुख छुन सक्छन्, जसले संक्रमण हुने सम्भावना अधिक हुन रहन्छ ।
पन्जाले कुनै सुरक्षा प्रदान गर्दैन । पन्जालाई फुकाल्दा सतर्क हुन नसकेको खण्डमा कीटाणुहरू हात तथा शरीरको अन्य भागहरूमा सर्न सक्छ । पन्जाले भाइरसको सम्पर्कमा आउन सक्ने जोखिमलाई कम गर्दैन र बारम्बार हात धुनेबाट पनि बचाउँदैन । एक पटक लगाएको पन्जा फेरी प्रयोगमा ल्याउनु हुदैन । पन्जा हटाएपछि पन्जालाई राम्ररी फ्याकेर २० सेकेन्डसम्मका लागि आफ्ना हात साबुन र पानीले धुनुपर्छ ।
तर, किराना पसलमा खाद्यान्न उत्पादनहरू छोएमा संक्रमण हुदैन । किनमेल सूची तयार गरि सामाजिक दूरी अपनाई सेनिटाइजरको प्रायोग र घर फर्किए पछि हातलाई २० सेकेन्डको लागि राम्ररी धुनुका साथै मोबाइल फोनलाई पनि सफा मात्र पानि कोरोना भाइरसको जोखिमलाई कम गर्न सकिन्छ ।