उच्च रक्तचापका कारण कोभिड १९का बिरामीहरू दुई गुणा बढी मर्ने
Tuesday, June 16th, 2020, 1:45 pm
काठमान्डौ २ असार। उच्च रक्तचापका कारण कोभिड १९का बिरामीहरू दुई गुणा बढी मर्ने सम्भावना देखिएको छ । कोरोना भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना भएका उच्च रक्तचापका बिरामीहरू रक्तचापको समस्या नभएकाको तुलनामा मर्ने सम्भावना दुई गुणा बढी हुने देखिएको हो ।
युरोपियन हार्ट जर्नलमा उल्लेख गरिएको अनुसार उच्च रक्तचापको लागि औषधी लिन छोडेका संक्रमित बिरामीहरूको मृत्यु हुने जोखिम दोब्बर रहेको छ । चीन र आयरल्याण्डका अन्वेषकहरूले अध्ययनका लागि ५ फेब्रुअरी देखि १५ मार्च बीच वुहानको हुओशेसन अस्पतालमा भर्ना भएका बिरामीहरूको परीक्षण गरे । अस्पतालमा भर्ना भएका संक्रमितहरू मध्ये करीव ३० प्रतिशत बिरामीहरूमा उच्च रक्तचापको समस्या रहेको थियो ।
अस्पतालमा रहेकामध्ये ४ प्रतिशत संक्रमितहरू उच्च रक्तचापका समस्याका कारण र एक प्रतिशतमा नभएका कारण मृत्यु भएको थियो । अनुसन्धानकर्ताहरूले उच्च रक्तचापले गर्दा दुई गुणा मर्ने जोखिम बढ्ने निष्कर्ष निकालेका छन् । चीनको जियानको छिजिंग अस्पतालका कार्डियोलोजिस्ट तथा वरिष्ठ लेखक डा फ़ेइ लीले उच्च रक्तचापका बिरामीहरूले आफू कोभिड १९बाट मर्ने जोखिम बढेको महसुस गर्नु महत्वपूर्ण रहेको बताउछन् ।