झन्दै १ महिनाको समयमा न्यूजील्याण्डमा फेरि संक्रमित थपियो
Tuesday, June 16th, 2020, 1:18 pm
काठमाडौं, २ असार । २७ मार्चमा न्युजील्याण्डले अस्पतालमा कोरोना संक्रमित बिरामी बाकि नरहेको जानिएको थियो । गत हप्ता देशलाई भाइरस मुक्त घोषणा गरेर सबै प्रतिबन्ध हटाएको बेलामा न्यूजील्याण्डमा लगभग एक महिनामा पहिलो पटक कोरोना संक्रमित थपिएको रिपोर्ट गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुई व्यक्तिमा भाइरसको संक्रमण पुष्टि भएको हो ।
ती दुवै व्यक्तिलाई मृत व्यक्तिको अन्त्येष्टिका लागि बाहिरबाट आउने प्रतिबन्धबाट छुट गरिएको थियो । यी दुई व्यक्ति भर्खर ब्रिटेनबाट फर्केका थिए र एक अर्कासंग सम्बन्धित थिए । लकडाउनको केहि प्रतिबन्ध हटाइए पनि तर अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध भएपनि केवल नागरिक र आवश्यक कर्मचारीहरुलाई मात्र देश फर्कने अनुमति दिइएको छ ।
न्यूजील्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डेनले भाइरसमुक्त देशको घोषणालाई ठूलो कुरा भएको बताएको छन् र साथै कोरोना संक्रमित मुलुकमा फिर्ता आउन सक्ने चेतावनी पनि दिएकी थिइन् । कोरोना महामारी नियन्त्रण गर्न न्यूजील्याण्डले गरेको प्रयासको प्रशंसनीय छ ।करीव ५० लाख जनसंख्या रहेको न्यूजील्याण्डमा हालसम्म कोरोनाबाट १५ सय जति व्यक्ति संक्रमित भएका छन् र २२ जना जतिको मृत्यु भएको छ ।