बजेटले देश निर्माणमा योगदान पु¥याउने नेताहरूको अपमान भयो
Tuesday, June 16th, 2020, 1:12 pm
काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पु¥याउने नेताहरुलाई अपमान गरेको बताएका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरूमाथि छलफल गर्दै सांस्कृतिक रुपान्तरणको कुनैपनि कार्यक्रम बजेटमा नआएको र देशको परिवर्तनका लागि लडेका नेताहरूको स्मृतिमा सञ्चालन गरेका कार्यक्रमलाई बजेट नदिएर नेताहरुको अपमान गरेको बताए ।
उनले सांस्कृतिक तर्फ मन्दिरको संरक्षण गर्ने बाहेक अरु कुनै पनि कार्यक्रम नराखेको बताए । उनले विद्यालय निर्माणको काम गर्न कहिंकतै बजेट नछुट्याइएको तर मन्दिर बनाउन बजेट विनियोजन गरेको बताए ।
अहिलेको आवस्यकता मन्दिर निर्माणभन्दा विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर सरकारले त्यसतर्फ बजेट विनियोजन नगरेको बताए ।
उनले भने, ‘राज्यले विद्यालय बनाउनका निम्ति केही बजेट छुट्याइएको छैन् । मैले देखिन विद्यायल भवन निर्माणका निम्ति यति बजेट, स्थानीय तहमा पठाइएको छ भनेर कहिं उल्लेख गरिएको छैन् । भनिएको छ स्थानीय तहमा हामीले प्राविधिक शिक्षा दिनेछौं । नीति कार्यक्रममा आएको छ बजेटमा आएको छ । तर स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्नका निम्ति बजेट छुट्याइएको छैन् । तर मन्दिर बनाउनको निम्ति २ सय ३ मन्दिर बनाउनका निम्ति तिनिहरुको मर्मत सम्भार गर्नका निम्ति बजेट छुट्यइएको छ । आजको आवस्यकता के हो ? मेरो विचारमा आजको आवस्यकता मन्दिर भन्दा पहिले विद्यालय हो ।’