अमेरिकी सर्वोच्च अदालतद्वारा तेस्रो लिङ्गीलाई कानुनी संरक्षण
Tuesday, June 16th, 2020, 12:05 pm
रोजगारदाताले मुलुकको कानुन तोडिरहेको अमेरिकाको सर्वोच्च अदालतले फैसला गरेको छ।
अमेरिकाको सर्वोच्च अदालतले सङ्घीय कानुनमा लिङ्गका आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ।
फैसलामा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान उक्त कानुनमा समावेश गरिएको बुझ्नुपर्ने बताइएको छ।
उक्त फैसला तस्रो लिङ्गी समुदायका लागि ठूलो जीत भएको बताइएको छ। अमेरिकी अदालत रूढिवादी हुँदै बेला आएको यो फैसलालाई महत्त्वपूर्ण मानिएको छ।
सन् १९६४ को सिभिल राइट्स एक्टले रोजगारदातालाई लिङ्ग, जात, रङ्ग, जन्मेको बेलाको राष्ट्रियता र धर्मका आधारमा भेदभाव गर्नबाट रोकेको छ।
पूर्वराष्ट्रपति बाराक ओबामाले नेतृत्व गरेको प्रशासन अन्तर्गतको रोजगारीको समान अवसरबारे हेर्ने एउटा सङ्घीय आयोगले उक्त कानुनमा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान समावेश भएको बताएको थियो।
तर ट्रम्प प्रशासन भने स्वास्थ्य सेवाका साथै अन्य क्षेत्रहरूमा दिइएका संरक्षण फिर्ता लिन अग्रसर देखिएको छ।बीबीसीबाट