आजबाट सबै किसीमका सवारी पास रद्ध, जोर बिजोरमा कडाई गरिने
Tuesday, June 16th, 2020, 8:36 am
काठमाण्डौं, असार २ । काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु आजदेखि रद्ध गरिएको छ। गृह मन्त्रालयले आजबाट सबै प्रकारको पास रद्ध गरेको जानकारी दिएको हो। जिल्ला प्रशासनले लगायत विभिन्न निकायहरुले लकडाउनको समयमा सवारी पास जारी गरेको थियो ।
तर, अब जोरविजोर प्रणाली लागू भइसकेपछि पास आवश्यक नपर्ने भन्दै रद्ध गराएको गृह मन्त्रायलले जानकारी दिएको छ। पूर्णरुपमा अब जोर बिजोर प्रणालीको पालना गर्नुपर्ने छ। निजी सवारी साधनहरुले काठमाडौं उपत्यकाभित्र जोर गते भएको दिन जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाउने छन्। यो नियम मोटरसाइकलमा समेत लागू छ।
तर, काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु छोटो अवधिका भने यथावत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।