२४ घन्टामा ४५१ जना नयाँ संक्रमित थप,कुल संक्रमितको संख्या ६२११
Monday, June 15th, 2020, 4:42 pm
काठमान्डौ, १ असार। कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा ४५१ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्। थपिएका ४५१ जना मध्ये 35 जना महिला रहेका छन् भने ४१६ जना पुरुष रहेका छन्।
यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६२११ रहेको छ जसमध्ये कुल संक्रमितमा ५७४० जना पुरुष रहेका छन् भने ४७१ जना महिला रहेका छन्।
हालसम्म नेपालमा ७३ ओटा जिल्लामा कोरोना संक्रमित फेला परेका छन।