संक्रमित आमाले स्तनपान गराउदा बच्चालाई संक्रमण सर्ने प्रमाण छैन
Monday, June 15th, 2020, 3:19 pm
काठमान्डौ, १ असार । कोरोना भाइरसबाट संक्रमित भएका आमाहरूले आफ्नो सन्तानलाई स्तनपान गराउदा बच्चालाई संक्रमण नहुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ । डब्लुएचओले संक्रमित आमाहरूले आफ्नो सन्तानलाई नडराइ सन्तानपान गराउन आग्रह गरेका छन् ।
अध्ययनमा संक्रमित भएका आमाहरूले दूध चुसाउँदा बच्चामा कोरोना भाइरसको संक्रमण सर्ने प्रमाण नभेटिएको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका छन् । अहिलेसम्म प्राप्त प्रमाणहरुका आधारमा आमाले दूध चुसाउँदा संक्रमण फैलिने नदेखिएको उनको भनाइ छ ।
उनले केही दिनअघि जेनेभामा ब्रिफिङ्गको क्रममा बालबालिकाहरूमा कोरोना भाइरसको जोखिम तुलनात्मक रुपमा कम रहेको भएपनि उनिहरूलाई अरु धेरै रोगहरूको उच्च जोखिममा हुन्छन् । आमाको दूधले ती सम्भावित रोगबाट जोगाउन सक्ने हुदा स्तनपान गराउन आवश्यक हुन्छ । आमा गम्भिर बिरामी नभएसम्म बच्चाहरूलाई आमाबाट पर राख्न नहुने पनि उनि बताउछन् ।