स्वास्थ रहन ५ मिनेट यो प्रक्रिया अपनाउनुहोस्
Monday, June 15th, 2020, 3:16 pm
काठमान्डौ, १ असार । अहिले लकडाउनको समय छ । लकडाउनको समयमा मानिसहरूको जीवनशैलीमा परिवर्तन आएको छ । केहि काम नभएपनि अल्छिका कारण सबैले ब्यायाम तथा योग गर्न समय भएपनि मानिसहरूलाई छिट्टै उठेर ब्यायाम गर्न अल्छि पनि मान्ने गर्छन् ।बअधिकांस मानिसहरूको खाने तथा सुत्ने शैलीमा आएको परिवर्तनले उनीहरूको आलस्य बढीरहेको छ ।
त्यसैले ५ दैनिक मिनेट श्वासप्रश्वासको प्रक्रियाले मात्र पनि शरिरमा उर्जा थपेर स्वास्थ राख्न सक्छ । श्वासप्रश्वासको प्रक्रिया एक अनियन्त्रित र सरल प्रक्रिया हो जसमा हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । हरेक दिन बिहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्दा शरिरमा धेरै फाइदाहरू हुन्छन् ।
गहिरो श्वासले मानिसको शरिरमा अक्सिजनको प्रबाह बढाउछ जसले आलस्य, तनाब, चिन्ता तथा डर हटाउन मद्दत गर्छ । यसबाट मानिसको शरिरबाट पैदाहुने ७० प्रतिशत भन्दा बढी शरिरको बिष तथा खराब तत्व निस्कासन गरिदिन्छ । अम्छिपन हटाएर उर्जा थपिने हुदा शरिरलाई दिन भरि फ्रेस महसुस हुन्छ । र, अन्य काममा मन लागिरहन्छ ।
गहिरो श्वास प्रश्वासले मुटु, पेट, लिभर, साना आन्द्रालाई सक्रिय परेर रक्तप्रबाह गरेर शरीरलाई स्वास्थ्य बनाउने गर्छ । अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न गराउने हुदा गहिरो श्वास फेर्दा दिमागलाई शान्त बनाइ चिन्ताको मात्रा घटाएर शरिरलाई आनन्द र प्रफुल्ल बनाउछ ।