काठमान्डौ, १ असार । हिट फिल्म ‘म यस्तो गीत गाउछु’ बनाएका निर्देशक सुदर्शन थापाले अब नयाँ फिल्मको लागि तयारी गरिरहेका छन् ।
लकडाउनको समयमा उनी स्क्रिप्टको काममा ब्यस्त रहेको बताइएको छ । कोरोना भाइरसको विषयमा रहेर फिल्मको निर्माण हुने भएको छ । स्क्रिप्ट अन्तिम चरणमा रहेको र स्क्रिप्टको काम सकिने बित्तिकैे अडिसन मार्फत कलाकार छान्ने निर्माण टिमले तयारी गरिरहेको छ । अनका बाकी रहेका दुई फिल्मको प्रदर्शन मिति तय गरे पछि मात्र नयाँ फिल्म छायांकनमा जाने भएको छ ।
उनका दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउछु २’ प्रदर्शनका लागि तयार रहेका छन् । तर, कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण निम्तिएको लामो समय देखिको लकडाउनले फिल्म हल बन्द भएको कारण फिल्मको प्रदर्शनको कहिले हुन्छ भन्ने जानकारी प्राप्त हुन सकेको छैन ।