खोपले नभएर औषधी बनाउदै चिनियाँ वैज्ञानिकहरू
Monday, June 15th, 2020, 1:40 pm
काठमान्डौ, १ असार । चिनियाँ वैज्ञानिकहरू कोरोना रोक्न प्रभावी साबित हुने औषधि बनाइरहेका छन् ।
चीनको प्रतिष्ठित पेकिंग विश्वविद्यालयका वैज्ञानिकहरूले बनाइरहेका औषधीले भाइरसबाट संक्रमित बिरामीहरूलाई द्रुत रूपमा निको पार्न सक्छ की सक्दैन भनेर परीक्षण गरिरहेका छन् । साथै औषधीले भाइरससँग लड्न अल्पकालिन प्रतिरोधात्मक क्षमता पनि विकास गर्न सक्छ । औषधी जनावरहरूको परीक्षणमा सफल भइसकेको युनिभर्सिटी एडभान्स इनोभेसन सेन्टर फर जेनोमिक्सका निर्देशक सुनने झीले बताए ।
झीका अनुसार सम्भावित औषधिले संक्रमित मुसामा एन्टिबडीहरू इन्जेक्शन गर्दा पाँच दिन पछि भाइरल भार २५ सय गुणा छिटो घटेको देखेको हुदा कोरोना भाइरस निको पार्ने सम्भावना देखाएको छ । एन्टिबडीहरूको प्रयोगले बिरामीहरूलाई राम्रो उपचार गरि रोग कम समयमा निको पार्ने काम गर्छ ।
साइनटिफिक जर्नल सेलमा प्रकाशित अनुसन्धानका अनुसार औषधिको क्लिनिकल परीक्षणहरू गर्ने योजना भइरहेको छ । चीनमा संक्रमणको संख्या घट्दो कारण जनावरका साथै अष्ट्रेलिया र अन्य देशहरूका मानिसमा परीक्षण हुने छ । झीले यस बर्षको अन्त्य सम्म औषधी सर्वसाधारणलाई प्रयोग गर्न तयार हुने आशा राखेका छन् ।