जुलाईसम्म भारतमा २१ लाख मानिस संक्रमित हुन सक्ने अनुमान
Monday, June 15th, 2020, 12:18 pm
जुलाईसम्म भारतमा केहि लाख मानिस संक्रमित हुन सक्ने अनुमान गरिएको छ । भारतमा कोभिड १९को विषयमा अनुसन्धान गरिरहेका अन्वेषकहरले भारतमा जुलाई महिना सम्म थप केही लाख संक्रमितहरू बढ्न सक्ने अनुमान गरेका छन् ।
मिशिगन युनिभर्सिटीका बायोस्ट्याटिक्स र एपिडेमिलोजिस्ट प्रोफेसर भ्रमर मुखर्जीले भारतमा संक्रमणको संख्या बढिरहेको हुदा र मुखर्जीको टोलीले गरेको अनुमान अनुसार भारतमा जुलाई को शुरुवातमा ६ लाख ३० हजार देखि २१ लाख मानिसहरू भाइरसबाट संक्रमित हुन सक्ने बताएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको हालसम्मको तथ्यांक अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३३ हजार ८ रिपोर्ट गरिएको छ । पछिल्लो तथ्यांकका अनुसार भारतमा कोभिड महामारीको कारणले ९ हजार ५ सय २० व्यक्तिको मृत्यु भइसकेको छ । कोभिड १९ महामारीले सबैभन्दा बढी प्रभावित देशहरूको सूचीमा भारत चौथौ नम्बरमा आइसकेको छ । संक्रमितको संख्या बढ्ने गति यस्तै रहेमा आउँदो दिनमा भारत चौथो नम्बर भन्दा माथि आउन सक्ने सम्भव छ ।