लागूऔषधसहित २ जना पक्राउ
Monday, June 15th, 2020, 12:15 pm
सुनसरी, असार १ । सुनसरीको विभिन्न २ स्थानबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आइतबार दिउँसो गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट १–१ जना गरी २ जनालाई पक्राउ गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका–८ का शिवशंकर मेहेतालाई अबैध लागूऔषधहरू डाईलेक्स डि.सि.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेटसहित पक्राउ गरेको हो ।
यसैगरी बर्जु गाउँपालिकाबाट विराटनगर महानगरपालिका–१६ का सन्तोष मण्डललाई अबैध लागूऔषध डाईलेक्स डि.सि.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुलसहित पक्राउ गरिएको हो ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।