चट्याङले लागेर १० वर्षीया बालिकाको ज्यान गयो
Monday, June 15th, 2020, 12:09 pm
भोजपुर, असार १ । भोजपुरमा चट्याङले लागेर १० बर्षीया बालिकाको ज्यान गएको छ । षडानन्द नगरपालिका–३ मा चट्याङले लागेर ऋतिका राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दिङ्लाले जानकारी दिएको छ ।
भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–१ घर भई मावली घरमा बस्दै आएकी रामजी राउतकी छोरी ऋतिकालाई आइतबार दिउँसो ४ बजेको समयमा घर छेउकै खेतमा धान रोप्ने क्रममा अचानक चट्याङले लागेको थियो ।
चट्याङले लागेर घाइते भएकी उनको उपचारको लागि खार्ताम्छा उपस्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।