आज ठूलो वर्षाको सम्भावना, बाढी पहिरोको जोखिम
Monday, June 15th, 2020, 11:31 am
काठमाण्डौ , असार १ । आजदेशभरी नै वर्षाको सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्चिम र पूर्वका धेरै ठाउँमा वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिममा पश्चिमी वायूको प्रभावले वर्षा भएको हो भने पूर्वमा मनुसुनी वायूको प्रभावले वर्षा भइरहेको हो ।
आज पनि धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । नेपालमा हरेक वर्ष बाढी पहिरो र डुवानका कारण झण्डै दुई सय जनाको ज्यान जाने गरेको सरकारी तथ्याङक छ ।
यसपालिको मनसुन गतवर्ष भन्दा अझ सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम झन् धेरै भएको मौसमविद्ले बताएका छन् । नेपालको पूर्वी क्षेत्रमा सक्रिय रहेको मनसुन आज मध्य क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको पनि मौसमविद् सजिना शाक्यले बताउनुभयो ।