सरिता गिरीको सांसद पद निलम्वन हुने
Monday, June 15th, 2020, 11:03 am
काठमाडौं,१ असार । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई सांसद पदबाट निलम्बन गरिने भएको छ । गिरीलाई पार्टी र सांसद दुबै पदबाट निलम्बन गर्न लागिएको हो । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टिले जनाएको छ ।
पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।
संविधानको धारा ८९ को ङ मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।
समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।