कोरोना महामारीका कारणले बाल मजदुर बढ्न सक्ने
Sunday, June 14th, 2020, 6:02 pm
कोरोना भाइरस संक्रमणले निम्त्याएको महामारीका कारण धेरै संख्यामा बालबालिकाहरू बाल मजदुर गर्न बाध्य हुने छन् । शुक्रबारका दिन संयुक्त राष्ट्र संघ (युएन) ले कोरोना भाइरस संक्रमणको कारण लाखौंको संख्यामा बालबालिकाहरू बाल श्रम गर्न बाध्य हुन सक्ने बिबिसिमा उल्लेख गरिएको छ ।
युएनले कोरोना भाइरसले निम्त्याएको महामारी, लामो समय देखि भइरहेको लकडाउनका कारण परिवारको आम्दानीमा परेको नकारात्मक असरका कारण यस्तो हुने लेखिएको छ । खानलाई समेत समस्या भइरहेको यस्तो अवस्थाका कारण बच्चाहरूलाई काम गर्न बाध्य गराउन स्तिथि सृझना हुने देखिन्छ ।
संयुक्त राष्ट्र संघले अबका दिनमा निम्तिने बाल श्रममा गत २० वर्षमा भन्दा उच्च वृद्धि हुन सक्ने बताएको छ ।