रुसमा साढे २ लाख बढी संक्रमित उपचार पछि निको भए
Sunday, June 14th, 2020, 5:53 pm
रुसमा संक्रमितको संख्या बढिरहेको बेला २ लाख बढी संक्रमितहरू सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् । हालसम्म २ लाख ८० हजार ५० जना उपचार पछि निको भएर घर फर्किएका हुन् । रुसमा निको हुनेको संख्या, सक्रिय संक्रमितको संख्याको तुलनामा धेरै रहेको छ । रुसमा २ लाख ४१ हजार ९ सय ६६ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् ।
आज मात्र १ सय १९ जनाको मृत्यु भए संगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ४८ पुगेको छ । दैनिक १ सय बढीमा मृत्यु भइरहेको रुसमा सक्रमितको तुलनामा मृत्युदर कम छ ।
केहि दिन देखि यता रुसमा कोरोना भाइरसका संक्रमितको संख्या दैनिक ८ हजार बढिले बढिरहेको बेला संक्रमितको संख्या साढे ५ लाख नजिक पुगेको छ । आज रुसमा ८ हजार ८ सय ३५ जना नयाँ संक्रमित फेला परेसंगै संक्रमितको संख्या बढेर साढे ५ लाख २८ हजार ९ सय ६४ पुगेको हो । रुस अहिले कोरोना प्रभावितको सुचिमा अमेरिका र ब्राजिल पछि तेस्रो नम्बरमा रहेको छ ।