२९ जुलाईसम्म अमेरिकालाई पछाडि छोडेर ब्राजिलले नयाँ रेकर्ड राख्ने
Sunday, June 14th, 2020, 5:33 pm
ब्राजिलले जुलाईको अन्तयसम्ममा अमेरिकालाई कोरोना संक्रमणबाट हुने मृतकको संख्यामा पछाडि छोडिडिने भएको देखिन्छ । ब्राजिलमा कोरोना भाइरस संक्रमण घातक हुँदै गइरहेको हालको गतिमा कुनै परिवर्तन नआए २९ जुलाईसम्म कोरोनाबाट मृत्यु हुनेको संख्यामा ब्राजिलले अमेरिकालाई पछाडि पार्ने स्थिति देखापरेको हो ।
व्हाइट हाउसमा गरिने कोरोना प्रोजेक्सनको गणितीय विधि अनुसार २९ जुलाईसम्म ब्राजिलमा हालको गतिमा एक लाख ३७ हजार ५ सय भन्दा बढी मानिस मर्न सक्ने अनुमान गरिएको हो । जबकि हालको गतिलाई मध्यनजर हेर्दा अमेरिकामा २९ जुलाईसम्म एक लाख ३७ हजार मानिस मर्ने देखिएको छ ।
२९ जुलाईसम्म ब्राजीलले एक दिनमा मृत्युको सन्दर्भमा नयाँ रेकर्ड राख्ने विश्वास गरिएको छ । आशंकका अनुसार २९ जुलाई ब्राजिलमा दैनिक चार हजार भन्दा बढी मानिसको कोरोनाका कारण मृत्यु हुने छ । यसको मतलब अबको आगामी ५० दिन भित्रमा ब्राजिलमा मर्नेहरूको संख्या हालको संख्या भन्दा साढे तीन गुणाले बढ्ने देखिन्छ । हालको गतिमा कोरोना भाइरस संक्रमण घातक हुँदै गए यो असम्भव देखिँदैन ।
अहिलेसम्मको तथ्यांक अनुसार ब्राजिलमा ८ लाख ५० हजार ७ सय ९६ जना संक्रमित छन् भने त्यहा ४२ हजार ७ सय ९१ जनाको मृत्यु भएको पुस्टि गरिएको छ । ब्राजिल अहिले कोरोना प्रभावित देशको सुचीमा दोस्रो नम्बरमा रहेको छ ।