नेकपा सचिवालय बैठक फेरी पनि स्थगित
Sunday, June 14th, 2020, 5:30 pm
काठमान्डौ, ३२ जेठ। अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको बैठक फेरि स्थगित गरिएको छ ।
महासचिव विष्णु पौडेलले जानकारी दिए अनुसार नेताहरुको कार्य व्यवस्थाका कारण आज बेलुका ४ बजेका लागि बोलाइएको सचिवालय बैठक आकस्मिक रुपमा बैठक स्थगित भएको छ।
एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि बोलाइएको थियो ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको बैठक पटक पटक स्थगित भइसकेको छ ।