कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो
Sunday, June 14th, 2020, 5:09 pm
काठमान्डौ, ३२ जेठ। नेपालमा थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।