२४ घण्टामा थप ४ सय २५ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५७६०
Sunday, June 14th, 2020, 5:04 pm
काठमान्डौ, ३२ जेठ। आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । २४ घन्टामा थपिएका मध्ये ३ सय ७५ पुरुष र ५० जना महिला रहेका छन।
यो संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।