बारा, पर्सा, रौतहटमा ३४ जनालाई कोरोना संक्रमण
Sunday, June 14th, 2020, 2:33 pm
वीरगञ्ज, ३२ जेठ । बारा, पर्सा, रौतहटमा ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा आइतबार बिहान थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिए ।
हुनेमा पर्साको पोखरिया क्वारेन्टाइनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी विन्दवासिनी क्वारेन्टाइनमा रहेका सखु्वाप्रसौनी–३ का ४० वर्षीय र विन्दवासिनी–३ का २६ वर्षीय पुरुष, जिराभवानी क्वारेन्टाइनमा बस्दै आएका जिराभवानी–१ शान्ति टोलका ३२ वर्षीय पुरुष, धोविनी क्वारेनटिनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताए ।
यसैगरी पर्सा गढी नगरपालिका–४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरू सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएको उपाध्यायले बताए ।
बाराका नौ जना संक्रमित सबै पचरौता क्वारेन्टाइनमा बस्नेहरू रहेका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताए ।
त्यसै गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा रौतहटका सात र सर्लाहीको एक जनालाई संक्रमण पुष्टि भएको छ ।