भारतमा तिन प्रकारको कोरोना विरुद्ध उपचार प्रयोग गर्न अनुमति
Sunday, June 14th, 2020, 2:31 pm
कोरोना भाइरसको उपचारका लागि भारतले ३ प्रकारको उपचार पद्दति प्रयोग गर्न अनुमति दिएको छ । विशेष समूहको कोरोना संक्रमणको उपचार गर्न भारतले रेमेडीसेभिर, प्लाज्मा थेरापी र टोसिलिजुनाबको प्रयोग गर्न अनुमति दिएको हो ।
यसका साथै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका लक्षणहरूमा स्वाद र गन्ध हराउने ललक्षण पनि थपेको छ ।
क्यालिफोर्नियामा आधारित बायोफर्मा कम्पनी गिलियड साइन्सले बनाएको रेमेडिसिभिर इबोलाको उपचार गर्नका लागि बनाइएको एक एन्टि-भाइरल औषधि हो । १ जूनदेखि रेमेडिसिभिरलाई भारतको शीर्ष ड्रग रेगुलेटरी बॉडी ड्रग्स कन्ट्रोलर जनरल अफ इंडियाद्वारा प्रयोग अनुमति दिईएको हो । कोभिड १९ को उपचारमा, यसको प्रयोगको लागि विश्वव्यापी परीक्षण हुदा परिणामहरू फरक आएका छन् ।
पहिले पनि प्लाज्मा थेरापीबाट दिल्लीमा कोरोना संक्रमितलाई उपाचार गर्दा नातीजाहरू उत्साहजनक आएका थिएनन् । तर, फेरि पनि यसको प्रयो गर्न अनुमति दिइएको हो । अनुमति पाउना साथ टोसिलीज़ुनाबलाई मुम्बईका संक्रमितहरूलाई सेवन गर्न दिइसकेको छ । टोसिलीज़ुनाबको प्रयोग गठियाको समयमा गरिन्छ । भारतमा रोचे फार्मा बनाएको टोसिलीज़ुनाब एक्टेमरा ब्रान्डको नामबाट विक्रि हुन्छ ।