कुन ब्लड ग्रुप हुनेलाई कोरोनाको संक्रमण हुने जोखिम कम, जान्नुहोस्
Sunday, June 14th, 2020, 2:01 pm
ब्लड ग्रुप ओ भएका मानिसलाई अरुको तुलनामा भाइरसको संक्रमण हुने सम्भावना निकै कम रहेको देखिएको छ । जेनेटिक परिक्षणले आधारमा ब्लड ग्रुप ‘ओ’ भएकामा जोखिम कम हुने र ए भएकामा जोखिम धेर हुने देखाएको हो । ७ लाख ५० हजार व्यक्तिबाट संकलन गरिएको प्रारम्भिक डाटाले ब्लड ग्रुप ओ भएका मानिसलाई ९ देखि १८ प्रतिशत बीच संक्रमण हुने सम्भावना रहने देखाएको हो ।
त्यस्तै, एक युरोपियन अध्ययन अनुसार ब्लड ग्रुप ओ भएकाहरू कोरोना भाइरसबाट संक्रमण हुने कम जोखिम र, ब्लड ग्रुप ए भएकालाई संक्रमित हुने संभवाना ५० प्रतिशत रहेको देखाइयो । साथै ब्लड ग्रुप ए भएकाहरूलाई अक्सिजन धेरै चाहिने वा भेन्टिलेटर आवश्यक पर्न सक्ने अध्ययनले देखाएको छ । मार्च महिनामा गरिएको चिनियाँ अध्ययनले पनि ब्लड ग्रुप ए भएकाहरूको कोरोना भाइरसका कारण धेरै मृत्यु भइरहेको देखाएको थियो ।
प्रारम्भिक अनुसन्धान अप्रिलमा शुरू भएको र अझै थप सहभागीहरूलाई समावेश गरेर अध्ययन गरिने भएको छ । अनुसन्धानका प्रमुख अन्वेषक एडम अटनले यस विषयमा अझ धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।