इनरुवामा भीषण आगलागी, दुई घर र चार पसलमा क्षति
Sunday, June 14th, 2020, 1:50 pm
इनरुवा, जेठ ३२ । सुनसरीको इनरुवामा भीषण आगलागी भएको छ । दुईवटा घरमा रहेका चारवटा पसलमा आगलागी भएको छ ।
मुख्य बजारमा रहेको हनुमान बस्त्रालयबाट सुरु भएको आलगागीका कारण चारवटा पसल र अन्य एक घरमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बिहान करिब ५ बजेबाट सुरु भएको आगोका कारण बस्त्रालय रहेको घरमा पूर्ण क्षति पुगेको र छेउमा रहेको घर तथा हार्डवेयर पसलमा आंशिक क्षति पुगेको छ ।
वराहक्षेत्र, दुहबी, इटहरी, धरान, सुन्दरहरैंचा, विराटगनरका दमकल गरी पाँचवटा दमकलको मद्दतले आगो नियन्त्रणमा लिइएको हो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ ।