प्रतापपुर गाउँपालिकाका अध्यक्षको जीप दुर्घटनामा मृत्यु
Sunday, June 14th, 2020, 1:49 pm
काठमाडौं,३२ जेठ । पश्चिचम नवलपरासीको जिप दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो ।
लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिए पनि अस्पतालले उहाँको मृत्यु भएको घोषणा गरेको हो ।
शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् ।