थप दुई जनामा कोरोना संक्रमण
Sunday, June 14th, 2020, 9:07 am
काठमाडौं, जेठ ३२ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहान प्रकाशित सूचना अनुसार थप दुई जनामा संक्रमण पुष्टि भएको हो।
सूचना अनुसार, नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो।
संक्रमितहरुलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको सूचना उल्लेख छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको व्यहोरा अनुरोध छ। नेपालभर भने ५ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ।