नेकपा सचिवालय बैठकमा आज एमसीसीको विषयमा छलफल हुने
Sunday, June 14th, 2020, 9:02 am
जेठ ३२ । काठमाडौं । एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।