कुश्मामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु
Sunday, June 14th, 2020, 8:54 am
काठमाडौं,३२ जेठ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आज बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।
घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।
पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।