प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित
Saturday, June 13th, 2020, 6:10 pm
काठमान्डौ, जेठ ३१ | ‘नेपालको संविधान संसोधन (दोस्रो संसोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ ।
संवैधानिक व्यवस्थाअनुसार संविधान संसोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत् गर्नुपर्ने व्यवस्थाअनुसार मतदानबाट सर्वसम्मत पारित भएको हो ।
आजको संसद बैठकमा २ सय ५८ जना सांसदहरु उपस्थित रहेका थिए जसमध्ये संसोधनका पक्षमा २ सय ५८ मत परेको छ । सबैले पारित गरियोस भन्ने पक्षमा मतदान गरेका छन् ।
सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।