प्रचण्डको भनाइमा कमल थापाको टि्वट
Saturday, June 13th, 2020, 6:04 pm
जेठ ३१ काठमान्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका छन्।
दाहालले राजतन्त्रले गुमाएको भुमि गणतन्त्रले फिर्ता ल्याउन लागेको भनेर संसदमा बोलेको अभिब्यक्ति खेद प्रकट गरेका छन्।

सामाजिक संजाल टि्वटरमा राप्रपाकाका अध्यक्ष कमल थापाले टि्वट गरेर लेखेका छन् कि , “राजतन्त्रले गुमाएको भुमि फिर्ता ल्यायो भन्ने प्रचण्डको भ्रामक र पूवाग्रही भनाई विकृति / असन्तुलित मानसिकता हो। १६ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो। नेपालको एकिकरण / अखण्डताको रक्षा राजसंस्थाको महत्वपुर्ण भूमिका एतिहासिक सत्य हो। भनेका छन् भने र अर्को टि्वटमा उनले भनेका छन् कि, “सिंगोराष्ट्र एकढिक्का भएर, सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भुमि फिर्ता लिनुपर्ने बेलामा यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुनेछ। इतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षागर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो। आश्चर्य लाग्छ। प्रचण्डको भनाइप्रति खेद ब्यक्त गर्दछु” भन्दै लगातार २ वटा टि्वट गरेका छन्।