कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १८ पुग्यो
Saturday, June 13th, 2020, 4:34 pm
काठमाडौं,जेठ ३१ । नेपालमा कोरोना संक्रमण भएका थप २ जना व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित कोरोना ब्रिफिङका क्रममा वीरगञ्जमा जेठ २८ गते र जेठ ३० गते मृत्यु भएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उनीहरुको वीरगञ्ज प्रयोगशाला गरिएको पिसिआर परीक्षणमा आज बिहान आएको रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिनुभयो ।
गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जस्थित प्रयोगशालाबाट आज विहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना भाइरस पोजेटिभ देखिएको हो ।
यो संगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।