देउवाले भने भूमि फिर्ता ल्याउन हाम्रो सहयोग रहन्छ
Saturday, June 13th, 2020, 2:40 pm
जेठ ३१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकमा पूर्ण समर्थन रहेको बताएका छन्।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा संसदमा शनिबार देउवाले केन्द्रीय समितिले नै संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरिसकेकोले भूमि फिर्ता लिने कुरामा समर्थन रहेको बताउनुभएको हो ।